तेस्रो स्थानका लागि नेपाल र केन्या मैदानमा


काठमाडौं, माघ १० । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा तेस्रो स्थानका लागि 
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको केन्यालाई सुरुआती झड्का लागिसकेकोछ ।

केन्यासँगै शुक्रबार भएको खेलमा ५ विकेटले पराजित भएपछि डिभिजन–१ मा पुग्ने नेपालको सपना भने पूरा हुन सकेन । आजको खेल नेपालका लागि बदला लिने राम्रो अवसरका रुपमा रहेको छ ।

शुक्रबार केन्यासँग ५ विकेटले पराजित भएपछि रनरेटमा नेदरल्यान्ड्ससँग शून्य दशमलव दुई ६ अंकको झिनो अन्तरले पछि पर्दै नेपाल डिभिजन–१ मा पुग्नबाट चुकेको हो ।

नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान ओगट्ने विश्वास लिइएको छ ।

आजै उपाधिका लागि डिभिजन–१ मा पुगेका नामिबिया र नेदरल्यान्ड्स भिड्दा पाँचौं स्थानका लागि डिभिजन–३ मा झरेका क्यानडा र युगान्डा खेल्दैछन् । 





प्रतिक्रिया दिनुहोस्...