अञ्जुसँग छुटेपछि मनोजराज भन्दैछन्ः उसैको मायामा भुलेको छु (भिडियो)


manojकाठमाडौं । गायिका अञ्जु पन्तसँग सम्बन्ध बिच्छेद गरेका गायक मनोजराज अहिले गीतमार्फत् उनैको मायामा भुलेको कुरा गर्न थालेका छन् ।
जो सँग कुनै नाता छैन
उसैको मायामा भुलेको छु
बोलको गीत सुन्दा लाग्छ कतै उनी अझै अञ्जुकै यादमा तड्पिएको त हैन । मनोजराजको स्वर रहेको उक्त गीतमा ईश्वर मगियाको संगीत र रमेश महर्जनको शब्द रहेको छ ।
श्याम भट्टराई, अमृता गुरुङ, श्रद्धा शाह र रमेश थापाले भिडियोमा अभिनय गरेका छन् । अनिल सम्राटको निर्देशन रहेको भिडियोलाई महक इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।





प्रतिक्रिया दिनुहोस्...