क्यानडाद्वारा नेपालसामु ११५ रनको चुनौती



टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभर सक्किन ४ बल बाँकी रहदै ११४ रनमा अल आउट भएका छन्। काठमाडौ, माघ ६ – टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभर सक्किन ४ बल बाँकी रहदै ११४ रनमा अल आउट भएका छन् । क्यानडालाई ११४ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट नयाँ फास्ट बलर करण केसीले सर्वाधिक ५ विकेट लिए ।
उनका अर्का सहकर्मी फास्ट बलर सोमपाल कामीले २ विकेट लिए भने कप्तान पारस, शक्ति र सागरले भने समान एकएक विकेट लिन सफल भए । नामिवियामा जारी प्रतियोगिताको आजको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरको थियो । नेपाली क्रिकेट खेलाडीको उच्च बलिङ प्रदर्शनका कारण क्यानडाका खेलाडीले खुलेर ब्याटिङ गर्न भने सकेनन् ।




प्रतिक्रिया दिनुहोस्...