'कहिलेसम्‍म लडेर बस्‍नुहुन्‍छ ?'


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी पनि संविधान ल्याउन नेपालका दलहरूलाई आग्रह गरेका छन्। वर्ल्‍ड इकोनोमिक लिडर समिटमा भाग लिन नयाँदिल्ली पुगेका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा प्रधानमन्त्री मोदीले यस्तो आग्रह गरेका हुन्। मोदीलाई उद्धृत गर्दै मन्त्री थापाले अन्नपूर्णसँग भने, 'जसरी पनि संविधान ल्याउनुस्, लडेर कहिलेसम्म बस्नुहुन्छ?'

समिट उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भुटानसँग भएको जलस्रोतसम्बन्धी सम्झौताले भारतको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए। मन्त्री थापाका अनुसार भारतीय वित्तमन्त्री अरुण जेट्लीले पनि संविधान निर्माणबारे मन्त्री थापाले बताए।




प्रतिक्रिया दिनुहोस्...