एक वर्षमा ५४९ जनाले ज्यान गुमाए खाडीमा


खाडी क्षेत्रका ६ मुलुकमा गरी झण्डै १५ लाख नेपालीले श्रम गरिरहेका छन् । यी मुलुकहरु नेपाली युवाहरुका लागि मलेसियासंगैको गन्तव्य हो । सस्तो ज्यालामा मजदुरी गर्न बाध्य खाडी मुलुकमा नेपाली कामदारहरुको जीवन सुरक्षित नरहेको पाइएको छ । हालै प्रकाशित एक तथ्यांक अनुसार सन् २०१४ मा खाडी मुलुकमा ५४९ जना नेपालीले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा साउदी अरबमा २४९ जना, कतारमा १७३ जना, कुवेतमा ४१ जना, संयुक्त अरब इमिरेटस्मा ६३ जना, बहराइनमा १३ जना र ओमानमा १० जना रहेका छन् । यसरी मृत्यु हनेमा २० महिला छन् । त्यसो त यो दर अघिल्लो वर्षकोभन्दा कम हो । सन् २०१३ मा ६ सय बढीको ज्यान गएको थियो । सबभन्दा बढी ज्यान जानेमा साउदी अरबमा २ सय ४९, कतारमा १ सय ४९, युएईमा ६३, कुबेतमा ४१, बहराइनमा १३ र ओमनमा १० जना छन् । तीमध्ये कुबेतमा १०, युएईमा ७, साउदीमा २ र कतारमा एक जना महिलाको मृत्यु भएको छ । साउदी अरबका लागि नेपाली राजदुत उदयराज पाण्डेले साउदीमा मृत्यु हुने बढी जसो विषाक्त मादक पदार्थ खानेहरु रहेको जानकारी दिनुभएको छ । यो वर्ष पनि कतारमा मृत्यु हुनेहरू प्रमुख कारण ुसुतेको सुत्यैु छ । दुताबासका अनुसार मृत्यु भएका १ सय ७३ मध्ये ७७ जना प्राकृतिक मुत्यु भएको छ भने सडक दुर्घटना २० र कार्यस्थल मृत्यु १९ जना रहेको छ । कतारको निर्माणधीन प्रोजेक्टहरुमा सुरक्षा मापदण्ड कडा भएकोले कार्यस्थलमा मृत्यु हुनेको सख्या न्युन भएको हो । खाडीमा कामदारमा आत्महत्या गर्ने स्थिति भने बढिरहेको छ । यो प्रवृत्ति साउदीमा झन बढी छ । यसको प्रमुख कारणमा पारिवारिक तनाब र अन्य कारणले उनीहरु चाहने बित्तिकै स्वदेश फर्कन नपाउँदा आत्महत्या गर्ने गरेका छन् । अर्कोतिर खाडीस्थित सामाजिक रुपमा क्रियाशील संस्थाका अगुवाहरु भने सोचेको जस्तो सपना पुरा नहुने र ऋणको भारमा थिचिने अबस्था पनि कामदारको आत्महत्या गर्नुको अर्को कारण भएको बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्...