बाजीले लियो ज्यान
नेपाली काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग हिजो दिउँसो बाजी राखेको र संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको प्रहरुलिे जनाएको छ ।
संविधान निर्माणका लागि सहमति जुटाउन संविधानसभा भवनमा बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा सभासद्ले गरेको नाराबाजी टेलिभिजनमा हेर्दै बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट बाहिरिएको बताइएको छ ।
शौच गर्ने बहानामा घरबाट बाहिर निस्किएका उनी आज बिहान घरनजिकै रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको आज मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको बताइएको छ । उनका युना बाहेक एक छोरा र तीन छोरी छन् जसमध्ये युना अमेरीका बस्दै आएकी छिन् ।
