केन्यासंग पराजित भएसंगै बढुवा रोकियो



Gyanendra
नामिबियामा जारी आईसीसी लिग डिभिजन २ को अन्तिम लिगमा नेपाल कमजोर मानिएको केन्यासंग पराजित हुन पुगेको छ । यो पराजयसंगै डिभिजन १ मा बढुवा हुने र उपाधी जित्ने नेपालको सपना चकनाचुर भयो ।
शुक्रबार नै भएको अर्को खेलमा नामिबियाले क्यानडालाई र नेदरल्याण्डले युगाण्डालाई ७९ मा अलआउट गरेर मात्र ६३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएपछि  रन रेटमा नेपाललाई पछि पार्दै डिभिजन १ मा बढुवा भयो  ।
प्रतियोगिताको फाइनल अघि नै बढुवा र घटुको टुंगो लागेको छ । नेपाल र केन्या डिभिजन टूमा कायम रहृयो भने क्यानडा र युगाण्डा डिभिजन थ्रीमा घटुवा भएका छन् । अब तेस्रो स्थानका लागि नेपालले शनिबारकेन्यासंगै खेल्ने छ ।
टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा एक बल बाँकी छँदा सबै विकेट गुमाई १९४ रन बनाएको नेपालले केन्याको ब्याटिंगलाई झेल्न सकेन । केन्याले निर्धारित लक्ष्य ३५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको ब्यटिंग लाइनअप यसपटक पनि राम्रोसंग चल्न सकेन । १८ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको नेपाललाई कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल को ४८ रनको साझेदारीले नेपालको स्कोर उकास्न खोजे पनि २२ ओभरमा पारस आउट भएपछि क्रिजमा आएका शरदसंग मिलेर मल्लले ४४ रनको साझेदारी गरेका थिए ।
मल्लले अविजि ९१ रनको उत्कृष्ट पारी खेले । यो योगफल ए श्रेणीको खेलमा नेपाली ब्याट्सम्यानले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि मल्लले नै ८६ रन बनाएका थिए ।
३६ औ ओभरमा शरद आउट भएपछि क्रिजमा नँया ब्याट्सम्यान बिनोदसँग मिलेर ज्ञानेन्द्रले ३३ रनको साझेदारी गर्दै नेपाललाई मध्यम स्कोर तर्फ़ डोर्याएका थिए ।






प्रतिक्रिया दिनुहोस्...