प्रचण्ड असुरक्षित, सुरक्षाका लागि डिएसपीको कमाण्ड


Prachanda1 काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षा थ्रेट भएको भन्दै सरकारले डिएसपीको कमान्डमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
माघ ८ मा संविधान जारी नभएपछि विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रममा प्रमुख विपक्षी दलका नेता प्रचण्डमाथि सुरक्षा खतरा रहेको भन्दै सरकारले प्रचण्डको सुरक्षा टोलीको नेतृत्व डिएपीलाई दिएको हो ।
प्रचण्डको सुरक्षाका लागि इन्सपेक्टरको नेतृत्वमा परिचालन भएको टोलीमा थप सुरक्षाकर्मी थप्दै सरकारले डिएसपीको नेतृत्वको टोली खटाएको हो ।
शुक्रबारबाट प्रचण्डको सुरक्षाको नेतृत्व डिएसपी दानबहादुर मल्लले गर्न थालेका छन् । डिएसपी मल्ल इन्सपेक्टर हुँदा समेत प्रचण्डको सुरक्षा टोलीका सदस्य थिए ।
माघ ८ मा संविधान जारी नभएपछि संविधान सभा भित्र र बाहिर नेतालाई सुरक्षा खतरा रहेको भन्दै सरकारले नेताको सुरक्षामा बढोत्तरी गरेको छ । स्रोतका अनुसार प्रचण्ड सहित अन्य शीर्ष नेताको सुरक्षामा समेत बढोत्तरि गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्...