घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ


झापा, माघ ९ । झापामा घुस लिँदालिँदै एकजना नापी सर्वेक्षक रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । काँकरभिट्टाको एभरेस्ट मार्गमा रहेको दूध डेरीबाट नापी सर्वेक्षक रविन्द्र पासवानलाई घुस लिँदैगर्दा अख्तियारले नियन्त्रणमा लिएको हो ।

पासवानले झापा मेचीनगर–१० का गंगा कोइरालासँग तीन लाख रुपैयाँ घुस लिएको अख्तियार अधिकारीकोदाबी छ । ६ धुर जग्गाको धनीपूर्जा दिलाइदिने भन्दै पासवानले घुस मागेको दाबी अख्तियारको छ ।

६ लाख मध्ये तीन लाख रुपैयाँ अग्रिम दिने सम्झौताअनुसार रकम दिँदैगर्दा पासवानलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पासवान नापी कार्यालय झापाका कर्मचारी हुन् ।





प्रतिक्रिया दिनुहोस्...