जातीय विवादमा भएको झडपमा २३ को मृत्यु


jhadapa मोगादिसु, ८ माघ । सोमायिलामा बिहीबार भएको झडपमा परी २३ जनाको ज्यान गएको छ । त्यहाँको एक गाउमा जग्गा विवादका कारण भएको आपसी विवादपछि झडप भएको थियो ।
जग्गाको विवादका कारण सो क्षेत्रमा रहेका जातीय लडाकूहरुबीच गोली हानाहान भएको थियो ।
दुई अलग जातीका सशस्त्र व्यक्तिका बीचमा बिहीबार झडप भएको थियो । एक गाउको जग्गाका बीचको आन्तरिक विवादका कारण सो झडप भएको थियो ।
सोमालियाको हिरान भन्ने क्षेत्रमा दुई पक्षका लडाकूबीचमा झडप भएको थियो । सो झडपमा परी २३ को ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ ।
प्रहरीले दिएको जानकारीअुनसार उक्त क्षेत्रमा घाइते भएकामध्ये कयौँको अवस्था गम्भीर भएकोले मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताइएको छ । रासस÷एएफपी





प्रतिक्रिया दिनुहोस्...