अमेरिकामा नेपालीको रहस्यमय मृत्यु


विजय थापा ,डिसी -नेपालमा नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ | मृतक बिष्णु हरि भण्डारी नेपाल बाट २ बर्ष अगि मात्र आएका हुन् भने उनि नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग संलग्न रहेका थिए | मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा संगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए | र उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ | उनका परिवारका कुनै पनि सदस्य अमेरिकामा छैनन् |




प्रतिक्रिया दिनुहोस्...