तानातानमा बिमल घर्तीमगर नयाँ क्लबमा ट्रायल दिन विमल लागे वेल्जियम


काठमाडौं,माघ ३ – पछिल्लो साफ च्याम्पियनसिपको अन्तिममा नाटकीय रुपमा गोल गर्दै नेपाललाई खेल जिताएपछि एकाएक हिरो बनेका नेपाली अन्डर सेभेन्टिन फुटबल टीमका कप्तान विमल घर्तीमगरको क्यारिएर उकालो लाग्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय क्लबको आँखा विमलमाथि परेसँगै उनी एकपछि अर्को ‘डिमान्डेड’ बन्दै गएका छन् । बेज्जियमको क्लबमा आफ्नो खेल प्रदर्शन गरेपछि त्यहाँको क्लबको आँखामा परेका उनी पुनः अर्को क्लबबाट रुचाइएका छन् । विमल शनिबार बिहान अर्को नयाँ क्लबमा सहभागी हुन बेल्जियम प्रस्थान गरेका छन् । बेल्जियमको क्लब केआरसी जेन्क एफसीमा ट्रायल दिन घर्तिमगर त्यसतर्फ प्रस्थान गरेका हुन् । क्लबका निर्देशक गुन्टर ज्याकोबले विमल घर्तीमगरलाई आफ्नो क्लबको युवा टोलीसँग अभ्यास गराउने इच्छा व्यक्त गरेपछि विमललाई त्यसका लागि निम्त्याइएको हो । यो क्लब बेल्जियमको व्यावसायिक क्लबहरु मध्ये एक हो । यसअघि मगर आरएससी एन्डरलेच्ट क्लबमा आवद्द भएका थिए । उक्त क्लबमा विमलले आफ्नो निकै नै उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका थिए । मगरले बेल्जियममा तीन महिना बिताउने छन् । क्लबले विमलको सम्पूर्ण खर्च व्यहोर्ने छ । एजेन्ट लोविस डे भ्रिक्सले यसमा सम्झौता गराएको छ । यसअघि विमललाई वेज्लियम क्लबमा यही एजेन्टले आवद्द गराएको थियो । बेल्जियको जेन्क सहरमा रहेको यो क्लबले यसअघि ३ वटा खेलमा उपाधि चुमिसकेको छ ।




प्रतिक्रिया दिनुहोस्...