आज प्रकाशित तपाईको राशिफल हेर्नुस्..मिति: २०७१ माघ ८ बिहीवार



मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विवाद बढ्नसक्छ। उत्साह र जाँगर बढ्ने योग छ। कार्यव्यस्तता र मानसिक थकान बढ्नेछ। अधुरा काम बन्नेछन्।

...


वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
विवादका कारण मन खिन्न हुनेछ। सवारीसाधन तथा जग्गाजमिन किनबेचको योजना बन्नेछ। व्यवसायबाट लाभ प्राप्त होला।


मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। जागिरमा पदोन्नतिको योग छ। राजनीतिबाट सोचाइअनुरूपको सफलता मिल्ने देखिँदैन।


कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक सहकार्यको योग देखिन्छ। आफन्तजनले धोका दिनेछन्। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। विलासिताका सामान खरिदबिक्रीमा मन जानेछ।


सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला। शिक्षा क्षेत्रमा गरेको लगानी प्रभावकारी बन्ने योग छ।


कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला। कूटनीतिक तरिकाबाट राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। तनाव बढ्न सक्छ।


तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कलामा लगानी बढ्नेछ। शारीरिक सौन्दर्य वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। परस्परमा सहयोगको भाव विकास हुनेछ।


वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीतिक कार्यप्रति सचेत रहनुहोला। आफन्तको सहयोग लिएर गरिएका कार्य सफल हुनेछन्। स्थास्थ्यमा समस्या उत्पन्न होला।


धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
जिम्मेवारी बढ्नेछ। सवारीसाधन चलाउँदा होसियार रहनुहोला। खानपानमा खर्च बढ्नेछ। राजनीतिक झन्झटको सामना गर्नुपर्नेछ।


मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
खानपान तथा यात्रामा सावधान रहनुहोला। रोजगारीका अवसर प्राप्त हुनेछन्। धर्ममा रुचि बढ्नेछ। विदेश भ्रमणको योग छ।


कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
सूचना आदानप्रदानबाट महत्त्वपूर्ण कार्य सफल हुनेछ। अचल सम्पत्ति हानि हुनसक्छ। राज्यबाट मान पदवी मिल्ने देखिन्छ।


मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पदप्रतिष्ठा वृद्धि हुनेछ। अनपेक्षित धन प्राप्ति होला। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आन्तरिक कलह सामना गर्नुपर्ला।





प्रतिक्रिया दिनुहोस्...