संविधान जारी नभएपछि ओली र दाहालले के भने ? (भिडियोसहित)


काठमाडौं, माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादी नेतृत्वको मोर्चाका कारण दोस्रो संविधानसभाको पहिलो वर्ष त्यत्तिकै खेर गएको बताएका छन् ।

संविधानसभाको विहीबारको बैठकबाट पनि कार्यसूची अघि बढ्न नसकेपछि ओलीले ‘संविधान नबनाइ संविधानसभालाई मर्न नदिने’ बताए । उनले एकीकृत माओवादीले भने जस्तो भौगोलिक अखन्डतामा आँच आउनेसंविधान जारी गर्न नदिइने प्रष्ट गरे ।

सहमतिका लागि विपक्षी मोर्चाका नेता विजयकुमार गच्छदारले ल्याएको प्रस्तावमा सत्ताधारी दलहरु सकारात्मक रहेपनि एकीकृत माओवादीले नमानेको उनले बताए ।

गच्छादारले न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपलाई अहिले नै टुंगो गरेर जाने र संघीयतालाई ६ देखि ८ प्रदेश रहने गरी एक महिनाभित्र टुंगो गर्ने प्रस्ताव गरेका थिए । गच्छादारले त्यसमा एमाओवादीलाई शासकीय स्वरुपमा फरक मत राख्न दिन सकिने सुझाएका थिए ।

तर, गच्छदारको प्रस्तावसमेत अस्वीकार गरेपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘प्रतिगामी संविधान ल्याउन नदिएर आफूहरु सफल भएको’मा खुसी व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्...