’आइतबारको बैठकले निष्कर्श निकाल्छ’, नेम्वाङले बैठक स्थगितगर्दै भने


प्रमुख प्रतिपक्षी एमाओवादी लगायतका सभासदहरुले आज डाकिएको संविधानसभाको बैठक अबरुद्ध पारेपछि सभामुखले बैठक स्थगित गरेका छन्।
काठमाडौं, माघ ९ - प्रमुख प्रतिपक्षी एमाओवादी लगायतका सभासदहरुले आज डाकिएको संविधानसभाको बैठक अबरुद्ध पारेपछि सभामुखले बैठक स्थगित गरेका छन् ।


४:१५ बजे बसेको बैठक प्रतिपक्षी सभासदले नारा जुलुसगर्न थालेपछि सभामुख सुवास नेम्वाङले आजको बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक ११ गते आइतबार १ बजे सम्मका लागी स्थगित गरेको हुन् ।


आजको बैठक स्थगित गर्नु भन्दा पहिले सभामुख नेम्वाङले आइतबार बस्ने बैठकले निक्ष्कर्ष निकाल्ने दावी गरेका छन् । उनले दलहरुलाई आइतबारसम्म छलफल गरी निश्कर्षमा पुग्न अन्तिम मौका दिएका छन्। उनले भने - अर्को बैठकमा अवरोध हुने अवस्था नदोहोरियोस्। यो नै अन्तिम अवरोध हुनुपर्छ। अब बैठक अवरोधले रोकिन्न। आफ्नो प्रक्रियामा अघि बढ्छ।


माघ ८ मा संविधान जारी हुन्छ भन्ने उद्धेश्कासाथ पर्खिएका जनताले जवाफ पर्खिरहेको बताउँदै सभामुखले भने, -माघ ८ त्यसै गयो । सबैले हामीलाई हेरिरहेका छन् । पर्खिरहेका छन् ।


जनतालाई जवाफ दिने बेलामा यसरी अवरोध गर्नु ठीक होइन भन्दै नेम्वाङले थपे - प्रष्ठ शब्दमा भन्न चाहान्छु, आइतबारको बैठकले निष्कर्श निकाल्नु पर्छ ।





प्रतिक्रिया दिनुहोस्...