संविधानसभाको बैठकमा आज पनि नाराबाजी, कांग्रेस प्रमुख सचेतक विपक्षीको कब्जामा
माघ ८ मा संविधान जारी गर्नु अघि लगातार नाराबाजी गरेर संविधानसभाको बैठक अवरुद्ध गरेका विपक्षी सभासदले माघ ९ गतेको संविधानसभाको पहिलो बैठक समेत सुरु हुन साथ अवरुद्ध गरेका छन् ।
बैठक सुरु हुन साथ कांग्रेसका प्रमुख सचेतक श्रेष्ठले प्रक्रिया सुरु गर्ने थाहा पाएपछि विपक्षी सभासदले श्रेष्ठलाई नै कब्जामा केही बेर लिएका हुन् ।
आजको संविधानसभाको बैठकबाट संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको प्रस्ताव पेश गर्न अघि बढ्दै गरेका कांग्रेस प्रमुख सचेतक श्रेष्ठलाई केहीबेर घेरा हालेर नाराबाजी सुरु गरेका हुन् ।
श्रेष्ठलाई विपक्षी सभासदले घेरा हालेर कब्जा गरेपछि सत्तापक्षका सभासदले त्यसको विरोध जनाएपछि श्रेष्ठलाई हेराबाट छोडेर विपक्षी सभासदले नाराबाजी सुरु गरेका छन् ।
