''भारतले फेरि भन्यो,‘सहमतिमा''' अघि बढ्नुस्'''


भारतले फेरि भन्यो,‘सहमतिमा अघि बढ्नुस्
नयाँदिल्ली – संविधान जारी गर्ने पूर्वनिधारित तालिका अगाडि नेपालमा उत्पन्न राजनीतिक अस्थिरताबारे प्रतिक्रिया जनाउँदै भारतले जारी शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको अवस्थामा नेपाली नेताहरुले एकताबद्ध भई काम गर्ने अपेक्षा राखेको छ । भारतीय विदेश मन्त्रालयद्वारा मंगलवार साँझ जारी गरिएको विज्ञप्तिमा राजनीतिक दलहरुबीच विगतमा भएका सम्झौता र समझदारीका आधारमा मात्रै संविधान लेखनमा गणितीय प्रक्रियामा जानु उपयुक्त हुने संकेत गरिएको छ । ‘विगतमा सहमति र समझदारीलाई सम्मान गर्दै तथा संविधानसभाको निर्वाचनमा प्राप्त जनादेशलाई शिरोधार्य गर्दै संविधान लेखनको काम अघि बढ्नेछ भन्ने हाम्रो विश्वास छ,’ विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि गत शुक्रबारमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालका राजनीतिक दलहरुले विगतमा प्रतिवद्दता गरेअनुसार जनतालाई समयमै संविधान दिन सक्नुपर्छ,यो राजनीतिक दलहरुको प्रमुख कर्तव्य हो’ आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका थिए । आजका कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस 






प्रतिक्रिया दिनुहोस्...