विपक्षी सभासदलाई प्रहरीले लाठी चार्ज गरे


प्रहरीको लाठी चार्जपछि घाइते भएका सभासद शर्मालाई भेट्न एमाओवादी विभिन्न नेता कार्यकर्ताहरु नर्भिक पुगेका छन् ।
काठमाडौं, माघ ६– संविधानसभा बैठक स्थगित भएपछि कार्यक्रमका लागि विजुलीबजारतर्फ अघि बढ्दै गर्दा विपक्षी सभासदलाई प्रहरीले लाठी चार्ज गरेको छ ।

संविधानसभामा प्रक्रियाबाट कुनै पनि हालतमा संविधान जारी गर्न नपाइने र सहमति मै संविधान हुनुपर्ने माग सहित प्रचण्डसहितका विपक्षी दलका सभासदहरु बिजुलीबजारतर्फ कार्यक्रमक लागि अघि बढ्दै गर्दा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र एमाओवादी कार्यकर्ताबीच झडप भएको थियो ।


प्रहरीको लाठीचार्जबाट एमाओवादी सभासद जनार्दन शर्मा, रुपा महर्जनसहित केहि कार्यकर्ताहरु घाइते भएका छन् । शर्माको टाउको फुटेको छ भने उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको टाउकोको अपरेसन गरिसकिएको र अवस्था खतरामुक्त रहेको छ ।

झडपपछि प्रचण्डलाई प्रहरीको सुरक्षा घेरामा सुरक्षित स्थानतिर लगिएको थियो । यसैबीच प्रहरीको लाठी चार्जपछि घाइते भएका सभासद शर्मालाई भेट्न एमाओवादी विभिन्न नेता कार्यकर्ताहरु नर्भिक पुगेका छन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन  एमाओवादी उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसााल, देब गुरुङलगायतका नेता कार्यकर्ता अस्पताल पुगेका हुन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले शर्मालाई योजनाबद्ध ढंगले आक्रमण गरिएको आरोप लगाए ।






प्रतिक्रिया दिनुहोस्...