नेपाल आज नामिबियासँग भिड्दै, अंक तालिकामा अग्रता लिने नेपालको लक्ष्य


काठमाडौं, माघ ७ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आज (बुधबार) नेपालले आयोजक नामिबियाको सामना गर्नेछ ।

प्रतियोगिताको तीनमध्ये दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ ।

उता, नामिबियाले भने सुरुआती तीन खेल जितिसकेकाले नेपाललाई आज कठीन चुनौती सामना गर्नुपर्नेछ । आजको खेल जितेको खन्डमा नेपाल प्रतियोगिताकोशीर्ष स्थानमा उक्लिनेछ ।

यसअघि मंगलबारको खेल जित्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिसकेको छ ।

नेपालले मंगलबार क्यानडालाई ७ विकेटले हराएको थियो । १ सय १५ रनको झिनो चुनौती नेपालले २३ ओभर १ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान पारस खड्काले ७७ रन तथा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित रहँदै ३२ रन जोडेपछि नेपालको सहज जित सम्भव भएको हो ।





प्रतिक्रिया दिनुहोस्...