जेल मुक्त हुने बित्तिकै संजय भिलेन बन्ने


बलिउड अभिनेता संजय दत्त अहिले जेल जीवन बिताइरहेका छन |जेल जीवन बाट फर्केपछि पनि फिल्मी  क्षेत्रमै देखिने पक्का छ तर उनले काम कता बाट सुरु गछन त्यो भने थाहा छैन तर करण जोहरले निर्माण गर्न लागेको ‘शुद्दी’मा खलनायकको भूमिकामा संजय देखिने हल्ला फैलिन थालिसकेको छ |
ENTERTAINMENT-INDIA-BOLLYWOOD-COURT-PEOPLE-DUTT-FILES
उनको जेल सजाय आगामी अगस्ट बाट सकिदैछ |संजयले जेल बाट निस्केपछि उनले खेल्ने पहिलो फिल्म सुद्दी नै हुने बुझिएको छ जहाँ उनि खलनायकको भूमिकामा प्रस्तुत हुदैछन |सुद्दिमा नायकको भूमिकामा सलमान खान देखिने पक्का भएको छ भने नायिकाको खोजि भैरहेको छ |
करणको फिल्ममा संजय दत्त दोस्रो पटक नकारात्मक भूमिकामा निभाउदैछन। यस अघि संजयले ‘अग्नीपथ’को रिमेकमा कान्चा चिनाको भुमिकामा अभिनय गरेका थिए। ‘शुद्दी’लाई आगामी वर्षको दिपावलीमा रिलिज गरिने छ।
\





प्रतिक्रिया दिनुहोस्...