दूताबासका ढकालले करोडौं उठाएको खुलासा


प्रकाशित मिति : शुक्रबार माघ १६ , २०७१ | १८२८ पटक हेरिएको

काठमाडौं । फ्रान्सस्थित नेपाली दूताबासका उपप्रमुख रामबाबु ढकालले पोर्चुगलमा नेपाली पठाउने सेटिब मिलाउन मेनपावर कम्पनीसंग ७ करोड रुपैंया लिएको पुष्टि भएको छ । अमेरिकाको पीआर होल्डर ढकाल कार्यबहाक राजदूत भएका बेला नया“ राजदूत जानु एक साता अघि खरदारको भरमा कार्यालय छाडेर रकम लिन पोर्चुगल पुगेका थिए । निकैं ढोंगी चरित्रका ढकालकै पालामा पोर्चुगलमा नेपाली मेनपावरले मान्छे पठाउन शुरु गरेका थिए । १२ लाखभन्दा रकम असुलेर ढकालसमेतको सेटिबमा पोर्चुगलमा नेपाली पठाउन शुरु गरेका ढकालले त्यस वापतको ९ करोड रुपैंया घुस नेपाली मेनपावरबाट असुलेका हुन ।
ढकालले ७ करोड एकमुस्ट लिएको घटनालाई अख्तियारले समेत निकै सुस्म रुपमा नियालीरहेको स्रोतको भनाई छ । दूताबासकै कार्यालय सहायक श्रृजना श्रेष्ठमाथी यौन दूराचारको बात लागेको उपप्रमुख रामबाबु ढकाल फ्रान्सबासीमाझ बद्नाम बनेपछि अमेरिकाबाट आफ्नी श्रीमती समेत पेरिस बोलाएका छन् । सरकारले पीआरहोल्डर कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउने भनेपनि अमेरिकी पीआरहोल्डर ढकाल दम्पतीलाई भने यो नियमले छोएको छैन ।
परराष्ट्रको जागीर समेत केही समय छाडेर अन्यत्र केही नपाएपछि पुन आन्तरिक सेटिब मिलाएर परराष्ट्र मन्त्रालय फर्केका
ढकाल त्यहाको धमिराका रुपमा चर्चित छन् । उनी बसेका प्राय सबै नियोग माफीयाको चंगुलमा फसेपनि उनी मोटो रकम माथीसम्म बुझाएर सात खत माफी पाउ“दै आएका व्यक्ति हुन ।
परराष्ट्र मन्त्रालयभित्र रहेको लोभीपापीहरुको एक अघोषित सिन्डीकेटमा ढकाल लगायत भ्रष्ट व्यक्तिहरुको समुह रहेको छ । इटालीको माफीया उपनामबाट पेरिसबासीमा परिचित ढकालले हाल नियोगलाई नै मेनपावरको रुपमा बदलीदिएका छन् । सोको उजुरी हालैमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको जानकारी प्राप्त भएको छ ।
सर्बसाधरणले नेपालका मेनपावर दलाल र माफीयाको इसारामा ढकालले काम गरेको अख्तियारमा उजुरी गरेका हुन । रकम उठाउन पोर्चुगल गएका बेला भएको एक सार्वजनिक कार्यक्रममै दूताबासमा रकमको चलखेल भएको सर्बसाधरणले आरोप लगाएका थिए ।
हालै राजदूत बनेर पेरिस पुगेकी अम्बीकादेबी लुईटेललाई उपप्रमुख ढकालले सामन्य शिष्टाचारपनि नदेखाउने गरेका छन् । हालै एक कार्यक्रममा राजदूत लुईटेल ढकालको सहयोगीको जस्तो भूमिकामा देखीएकी थिइन । ढकालले लुईटेललाई बेकामे र लट्पटे राजदूतको संज्ञा दिदैँ दूताबासको चाबी आफै घुमाउने गरेका छन् । लुईटेलले अहिलेसम्म फ्रेन्च राष्ट्रपति सामु ओहोदाको प्रमाणपत्र बुझाएकी छैनन तर मफीयाको डिजाइनमा उनलाई सक्रिय भएमा फर्कीनुपर्ने खालको वातावरण तयार भइसकेको छ ।
लुईटेलपनि कामगर्ने शैली पट्क्कै नभएपनि चिट्ठा परेर पेरिस हाउन पाएकी राजदूत भएको भन्दै ढकालभने आफुलाई स्वघोषित
कुटनीतिक बिज्ञका रुपमा आत्मरतिमा रमाइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्...