फेसबुकमा यी ५ कुरा कहिल्यै पोष्ट नगर्नुस्
फेसबुक
अव हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । एक अर्कासँग
सम्पर्कका लागि फेसबुक नै प्रमुख माध्यम बनेको छ । यसको माध्यमबाट हामीले
जीवनमा जोडिएका कैयौं चिज आफन्त र साथीभाइसँग जोड्न सकिन्छ ।
हामीलाई
लाग्छ यस्ता अपडेट हामीले आफ्ना साथीभाइसँग शेयर गरिरहेका छौं । तर यसका
साथमा हामी यो तथ्यबाट भने विल्कुल अन्जान छौं कि हाम्रो पोष्टहरु कस कसले
पढिरहेका छन् ।
हामीले यहाँ फेसबुकमा शेयर गर्न नहुने ५ कुराको चर्चा गरेका छौं ।
आफ्नो परिवारको पुरा जन्ममिति
पछिल्लो
समयमा फेसबुकबाट जन्मदिनको शुभकामना दिने चलन आम भैसकेको छ । सबैले
फेसबुकमा नै यस्तो जानकारी शेयर गर्छन् । तर यसो गर्दा हामीले हाम्रा गोप्य
जानकारी जान अनजान मानिससँग पनि शेयर गरिरहेका हुन्छौं । र साइवर चोरहरुले
यस्ता जानकारीबाट अनेक फाइदा लिन्छन् । कहिलेकाँहि त समस्यामै पार्छन् ।
त्यसकारण फेसबुकमा आफू र आफ्ना आफन्तका जन्ममिति पुरा लेख्ने भूल कहिल्यै
नगर्नुस् ।
तपाइँको सम्बन्ध
फेसबुकमा
रिलेशन स्टेटस लेख्ने भूल कहिल्यै पनि नगर्नुस् । यसबाट तपाइँमाथि निगरानी
गरिरहेका खराब मनस्थितिका मानिसलाई फाइदा पुग्छ । अनि अर्को कुरा
सम्बन्धहरु कहिले सम्म टिक्छन् र कहिले धरापमा पर्छन् कहिल्यै पनि थाहा
हुँदैन ।
तपाइँ भएको स्थान
फेसबुका
लोकेसन अन नगर्नुस् । करेन्ट लोकेसन अन गर्दा यसले समस्यामा पार्न पनि सक्छ
। तपाइँको बारेमा खोजी र निगरानी गरिरहनेका लागि फेसबुकको लोकेसनले सबै
जानकारी दिन्छ । तपाइँ कहाँ जानु भो के गर्नु भो भन्ने खोज्नेका लागि यो
सहज माध्यम हो । त्यतिमात्र होइन तपाइँको घर वा कोठामा चोर्न चाहनेले त
सबैभन्दा सजिलै तपाइँ विदा मनाउन गएको वा अन्यत्र बस्न गएको चाल पाउँछ ।
घरमा एक्लो भएको कुरा
फेसबुकमा म
एक्लै छु वा फिलिङ लोन्ली एट होम टाइपका स्टेटस नराख्नुस् । यसो गर्दा
तपाइँका आफन्त र शुभचिन्तक मात्र होइन खराव मनसाय भएका मान्छेले पनि यो
जानकारी पाउँछन् । सके सम्म आफ्नो फेसबुक प्रोफाइलमा प्राइभेसी सेटिङ
गर्नुस् र जानकारीहरु गोप्य राख्नुस् ।
आफ्ना बच्चाको तस्विर नाम सहित ट्याग
फेसबुकमा
मानिसहरु आफ्ना र साना सान बच्चा बच्चाकी समेत नाम सहित तस्विर ट्याग
गर्छन् । तर यो बानी नराम्रो बानी हो । यस्तो गर्नु हुँदैन । सके सम्म
अभिभावकले आफ्ना बच्चाको तस्विर अन्य ब्यक्तिको नाममा ट्याग गर्ने बानी आजै
देखि छोडिदिनुस् ।

