भारत हारेपछि विराटलाई सलमानले फोनमा यस्तो भने
विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ ।बिहीबार भएको खेलमा भारतका उपकप्तान विराट कोहलीले १३ बलमा मात्र १ रन बनाएर आउट भएपछि हारको मुख्य कारण कोहली र उनकी प्रेमिका बलिउड नायिका अनुष्का शर्मालाईसमेत जोडेर आलोचना भइरहेको छ ।विराट र अनुष्काका विषयलाई लिएर सामाजिक सञ्जालमा तिव्र आलोचना मजाक उडाइएपछि बलिउड नायक सलमान खानले विराटलाई फोन गरेका छन् । बलिउड लाइफमा छापिएको समाचार अनुसार समानले फोन गरेर विराटलाई सान्त्वना दिएका हुन् । उनले फोन गरेर मनोबल बढाउन तथा सामाजिक सञ्जालमा अनुष्कालाई जोडेर जसले जे भनेपछि ध्यान नदिने भनेका हुन् ।यसअघि भारतीय टिमका खेलाडि सौरभ गांगुलीले पनि विराटले राम्रो नखेल्नुमा अनुष्कालाई जोड्नु अपरिपक्वता भएको टिप्पणी गरेका थिए ।
