यी हुन् जानाजान विमान दुर्घटना गराएर १५० को ज्यान लिने सहचालक


एजेन्सी – जर्मन विमान एयरबस ३२० दुर्घटनाको कारण अरु कोही नभएर त्यसकै सहचालक एन्ड्रेस गन्टर भएको पत्ता लागेपछि मानिसहरु स्तब्ध र अचम्मित भएका छन् । १४४ जना यात्रु र ६ चालक दलका सबै सदस्यको मृत्यु भएको यसअघि कहिल्यै पनि नसुनिएको अचम्मित बनाउने खालको दुर्घटनाको कारण सुनेपछि यसको कारण जान्न विश्व उत्सुक छ ।  आखिर यति ठूलो मानवीय क्षति पुग्नेगरी सहचालकले किन यस्तो हर्कत  देखाए ? अहिले सिंगो विश्व नै यही जवाफ खोजिरहेको छ ।
7b7d134a-00e8-4b65-a65b-ea90f16f6016-620x372
सन् २०१३ मा तालिम लिएलगत्तै जर्मन विंग्सका लागि विमान उडाउन थालेका २८ वर्षीय एन्ड्रेस २८ वर्षका थिए । उनले ६ सय घन्टा उडानको अनुभव सँगालिसकेका थिए । उनी क्षमतावान मानिन्थे । क्षमतावान भएकै कारण उनी पुरस्कृत समेत भएका थिए । सन् २०१३ मा उनलाई संघीय उड्डयन निकायले पुरस्कार समेत दिएको थियो । उनको छवि निकै राम्रो थियो । कतिसम्म भने उनको नाम सम्मानित एफएए एयरमेन सर्टिफिकेसन डाटाबेसमा समेत राखिएको थियो । यो सर्टिफिकेसन घातक विमान दुर्घटनामा पाइलटको त्रुटी कम गर्न ल्याइएको थियो ।
एन्ड्रेस मोन्टाबौरमा एलएससी वेस्टरवाल्ड फ्लाइड क्लबका सदस्यसमेत थिए । उनी एउटा फ्ल्याट लिएर डुसेलडर्फमा बस्दै आइरहेका थिए ।
सानैदेखि विमान उडाउने सपना साँचेका एन्ड्रलाई उनको परिवारले उनकै इच्छा अनुसार यो क्षेत्रमा लाग्न मार्ग प्रशस्त गरिदिएका थिए । विमान चलाउने सपना सजाएका एन्ड्रियासले आफ्नो विमान उडाउने सपना पूरा गर्नकै लागि क्लबमा सदस्यता लिएका थिए । उनी सुरुमा ग्लाइडरका विद्यार्थी थिए । पछि एयरबस ए३२० का पाइलट बने ।
डेली मेलका अनुसार उनी पछिल्लो समय डिप्रेसनबाट ग्रस्त थिए । जर्मन प्रहरीले अहिले उनी बस्ने फ्ल्याटमा अनुसन्धान गरिरहेको डेली मेलले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...