कैलाली र झापामा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु
| आज कैलाली र झापामा भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। | |
मेहन्द्र राजमार्ग अन्तर्गत झापा दमकको चियादोकान चोकमा सोमबार बिहान लु १ ख ६२४२ नम्बरको बसले ठक्कर दिँदा दमक ९ का ५५ वर्षीय सैलेश खनालको घटनास्थलमै मृत्यु भएको छ। यसैगरी कैलालीको लम्कीमा सोमबार बिहान बिहान ना ४ ख ३२०५ नम्बरको यात्रु बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। काठमाण्डौबाट धनगढी जाँदै गरेको खप्तड यातायातको डिलक्स बस स्प्रिङ पट्टा भाँचिएर दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पताल पठाइएको प्रहरीले जनाएको छ |

