१३ वर्षीया बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई रंगेहात पक्राउ
फोटो :बालिका बलात्कार गर्दै गर्दा पक्राउ अन्सारीलार्इ सार्वजनिक गर्दै प्रहरी । तस्बिर : रत्नप्रसाद आचार्य
धरान : १३ वर्षीया बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई रंगेहात पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार बेलुका धरान–१० मा एक बालिकालाई ५० रुपैयाँ दिएर कोठामा लगी बलात्कार गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानको टोलीले इनरुवा–७ घर भई धरानमा डेरा गरी बस्ने ३२ वर्षीय साजिद अन्सारीलाई पक्राउ गरेको हो ।
अन्सारीले बालिकालाई बलात्कार गरिरहेको चाल पाएका स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई रंगेतहात पक्राउ गरेको डिएसपी सुदमकुमार सिजापतीले बताए ।
अन्सारीलाई आइतबार जिल्ला अदातल सुनसरीमा जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरी म्याद थप गरिएको उनले जानकारी दिएका छन् ।
पीडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । आमाबाबु समेत नभएकी पीडित बालिका धरानमा दिदीसँग बस्दै आएकी प्रहरीले बताएको छ ।