विहान साढे नौं बजे तीव्र गतिमा अनियन्त्रित हुँदै आएको को.१ ख ४१९० नम्बरको बस र को. १ ख ३८०५ नम्बरको बस जुध्दा चारजनाको मृत्यु भएको छ। दुईजनाको घटनास्थलमै र थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ। दुबै बसका ३३ जना घाइतेलाई विराटनगरको चारवटा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बस दुर्घटनामा मृत्यु हुनेमा भारत(विहार) भिमनगर बस्ने वर्ष ६१ की सुमित्रादेवी सिंह, सप्तरी छिनमस्ता–८ बस्ने वर्ष ५२ का अरुणकुमार झा, सुनसरी लौकही–७ की ५० वर्षका तिलक्षणी मण्डलको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका थप एकजनाको पहिचान खुलेको छैन्।
मृत्यु हुने सबै अनियन्त्रित गुँडाइएको बसकै यात्रु हुन्। घाइते यात्रुहरुले बसको गति तीव्र रहेको र चालकलाई गति सिमित पार्न बारम्बार आग्रह गर्दा पनि नमान्दा दुर्घटना भएको बताएका छन्।उनका अनुसार उदयपुरको बेल्टारबाट विराटनगरतर्फ आइरहेको को१ख ४१९० नम्बरको गाडिले विराटनगरबाट इटहरीतर्फ गइरहेकोे को१ख ३८०५ नम्बरको गाडि एक–आपसमा जुधेका थिए। घाइतेहरुको विराटनगरको नोवेल, गोल्डेन, विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको छ। 'बेल्टारबाट आएको गाडि तीव्र गतिमा र आफ्नो ट्रयाकबाट बाहिर कुदाएको देखिन्छ,' डिएसपी ढकालले भने,'अनियन्त्रित गाडि जुधेर दुई चिरा नै भएको छ।'