विकास राज न्यौपाने,अमेरिका – विभिन्न नेपाली संघ संस्थाहरुको आव्हानमा अमेरिकामा आएका प्रख्यात कलाकारहरुको टोली समय भन्दा अगावै नेपाल फर्कने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला मेरी बास्सैका कलाकार / निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले उक्त कुरा जनाएका हुन ।
उनका अनुसार “ मेरो देश प्राकृतिक विपतले थिलथिलो भएको छ । देश रोइ रहेको छ । यो पिडा र दुःखको घडीमा हामी देश बाहिर बसेर हाँस्न र हसाउने कुरोको कल्पना पनि गर्न सक्दैनौ । यो समय हामी जस्ता युवाहरु घाइते र पिडितहरुको घाउमा मल्हम लगाउन जुट्नु पर्ने समय हो । त्यसैले अमेरिकामा तय गरिएका सम्पूर्ण कार्यक्रमहरुलाई स्थगित गरि हामी देश फर्कदैँ छौँ । घाइते र पिडितको उद्धारको लागि सबै जुटौँ । हामी साथ दिन्छौ तपाइहरुलाई” भन्ने जिम्मेवारी वोध गर्दे कार्यक्रमहरु नसकी विचमै नेपाल फर्कदै छन्।”
यसैविच कार्यक्रम विचमै छाडेर नेपाल फर्कदा पर्न जाने असुविधा प्रति मुख्य आयोजक डब्लु बि एम सी प्रा.लि (वर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट ) सह आयोजक विभिन्न संघ संस्थाहरु, भुटानिज कम्यूनिटि र सम्पूर्ण नेपाली दाजुभाई दिदीवहीनी संग उनले क्षमा याचना मागेका छन । त्यस्तै आगामी वर्षहरुमा समय अनुकुल भएमा फेरि पनि अमेरिका आउने जनाएका छन ।
उक्त टोलीमा रहेका गायकद्धय एवं गायीका प्रमोद खरेल, पशुपति शर्मा, एवं संगीता थापा मगरले पनि उनको भनाइमा एकवद्धता जनाएका छन । उक्त टोली यही अप्रिल १, २०१५ मा अमेरिका आएको थियो र मे महिनाको अन्तिममा फर्कने योजना थियो । तर नेपालमा गएको विनासकारी भूक्पकका कारण यात्रा अवधि छोट्टाएको छ ।
भूकम्प पिडितको उद्धारको लागि अमेरिका पुगेका, कलाकार भ्रमण छोटयाएर फर्किए
