बिहानै लम्जुङ केन्द्रबिन्दु भएको अर्को भूकम्प
काठमाडौं : लम्जुङलाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान फेरि भूकम्प गएको छ । बिहान ६ बजेको समयमा गएको ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का लम्जुङ र गोरखासहितका जिल्लामा महसुस भएको हो ।
लम्जुङबाट ३५ किलोमिटर दक्षिण पूर्वीक्षेत्रमा सो भूकम्प गएको अमेरिकन भूगर्भ मापन केन्द्रले पुष्टि गरेको छ ।
भूकम्प कम शक्तिशाली भएकाले मानवीय तथा भौतिक क्षति भएको छैन । भूकम्पको धक्का महसुस भएपछि गोरखाका भूकम्प पीडितहरु घरबाहिर निस्केका छन् ।
भूकम्पको धक्का महसुस भएपछि घर बाहिर निस्केका सर्वसाधरणको पानीले बिचल्ली भएको छ । बुधबार रातिबाट परेको पानीले घर गुमाएर त्रिपाल र खुला आकाशमुनि बसेका भूकम्प पीडितको झनै बिजोग भएको छ ।