भारतीय माओवादीका वरिष्ठ नेता पक्राउ


काठमाडौं, वैशाख ४ । भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का वरिष्ठ नेता शिवप्रसाद सिंह पक्राउ परेका छन् ।

भारतका विभिन्न सहरमा हिंसात्मक गतिविधि गर्दै आएको भारतीय माओवादीका वरिष्ठ नेता शिवप्रसाद सिंहलाई राँचीको पिठौरियास्थित नकारी जंगलबाट पक्राउ गरिएको हो ।

रितलाल भनेर चिनिने शिवप्रसाद सिंहलाई पक्राउ गर्न सहयोग गर्नेलाई भारत सरकारले२५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।

बिहार निवासी शिवप्रसादमाथि व्यक्ति हत्यालगायतका आरोपहरु लगाइएको थियो । उनकै नेतृत्वमा माओवादीले बिहार, झारखन्ड, र छत्तीसगढमा आतंकवादी गतिविधि गर्दै आएको थियो ।

भारतमा माओवादीको हिंसात्मक गतिविधिका कारण सयौंले ज्यान गुमाइसकेका छन् । बिहार सरकारले पनि शिवप्रादलाई पक्राउ गर्न सहयोग गर्नेलाई १० लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

शिवप्रसाद पक्राउ पर्नुलाई भारत सरकारले ठूलो उपलब्धिको रुपमा ब्याख्या गरेको छ । (एजेन्सी) 






प्रतिक्रिया दिनुहोस्...