कास्कीका भूकम्पका कारण दुई जनाको मृत्यु, ७० प्रतिशत घर भत्किए
नेपालमा शनिबार आएको भयानक भुकम्पले कास्कीका अधिकाशं ग्रामिण क्षेत्रका घरहरु भत्कीएका छन्।
पोखरा, १५ बैशाख - नेपालमा शनिबार आएको भयानक भुकम्पले कास्कीका अधिकाशं ग्रामिण क्षेत्रका घरहरु भत्कीएका छन् । ग्रामिण क्षेत्रका पुराना तथा ढुंगा माटाका घर तथा भवनहरु भत्केका छन् भने केहि चर्केका छन् । कास्कीको भदौरे तामागी वडा नम्बर ५ मा तीन घरमा क्षती पुगेको छ भने ७ घर चर्किको प्रहरीले जानकारी दिएको छ।
चापाकोट गाविसको मार्किमा ७ घर पोखराको ७ गुफामा २ घर, पुरन्चौरमा ४० घर भत्कीन र चर्किएको प्रहरीले जानकारी दिएको छ । पोखरा २५ (पुम्दी भुम्दी) क्षेत्रमा धेरै बर्ष पुराना माटो तथा ढुंगाबाट निमार्ण भएका करीब ६० प्रतिशत घर तथा भवनहरु भत्कीएको प्रहरीले जानकारी दिएको छ।
पुम्दीभुम्दीको सिम्लेपात्ले लामाडाँडा क्षेत्रका करीब ७० प्रतिशत घरहरु भत्केको तथा चर्केका छन् । यामप्रसाद बराल, भीमनाथ बराल, लक्ष्मी प्रसाद बराल, मुक्ति बराल, केशवराज बराल, छविलाल बराल, कृष्ण बरालको घरहरु भत्किदा बास बस्न नसक्ने भएको छ । त्यसै गरी कालाभाङ क्षेत्रमा करीब १० घर भत्केका छन्।
यसैगरी लेखनाथ नगरपालिका वडा नं. १५ गणेशथान, बडरे, थुम्का लगायत ठाउँहरुमा पनि १८ घर पूर्ण रुपमा क्षती भएको र सबै परिवार विस्थापित भएका छन् भने ६ वटा घर चर्केको छ । कास्कीको कालिका गाविसको सुर्के मैदान, सिद्धीपुर, विमिरापानीमा अधिकांश घरहरु चर्केको प्रहरीले जानकारी दिएको छ।

कालिका गाविसकै सुनपदेलीमा ७ घर पुर्ण रुपमा ध्वस्त भएका छन भने ३० घरहरु भत्केका छन् ।
कास्कीको हंसपुर ८ ओझा गाउँमा ३५/४० घर चिरिएको छ भने भिमबहादुर अधिकारी र लेखनाथ बरालको गरि २ वटा घर ध्वस्त भएका छन्। त्यस्तै लेखनाथ नगरपालिकामा १६ घरमा क्षति पुगेको छ भने ५ घर ध्वस्त भएको छ।
कास्कीको हंसपुर ८ ओझा गाउँमा ३५/४० घर चिरिएको छ भने भिमबहादुर अधिकारी र लेखनाथ बरालको गरि २ वटा घर ध्वस्त भएका छन्। त्यस्तै लेखनाथ नगरपालिकामा १६ घरमा क्षति पुगेको छ भने ५ घर ध्वस्त भएको छ।
लेखनाथ १० मा घर क्षति हुनेहरुमा रामबहादुर थापा, पदमबहादुर थापा, ईश्वर थापा, श्रीकृष्ण तिवारी, माधव सुवेदी, देवी तिवारी, दण्डपाणी तिवारी रहेका छन् भने वडा नं. ९ मा लक्ष्मीप्रसाद सुवेदी, दिपक अधिकारी, अनिल कडेँल, नरेस गुरुङ, ऋषिराम तिमिल्सिना, हरिबहादुर थापा, सन्ति भूजेल, पितृराज बसौला, चुडामणि पौडेल, दामोदर पाण्डे, बुद्धिसागर पाण्डे, बुद्धिसागर तिवारी, गोमा पाण्डे, हेमनाथ पाण्डे, बृहस्पति पाण्डे र अनुराग अधिकारीको घरमा क्षति पुगेको छ।
कास्कीको पुर्व सिद्ध गाविसमा ५१ घर ध्वस्त, २५ घर बस्न नमिल्ने गरि चिरिएको र २ सय ५० घर चक्रेको प्रहरीले जानकारी दिएको छ । भुकम्पले कास्कीको माझठाना गाविस भवनमा क्षति पुगेको छ । त्यसै गरि भुकम्पले विभिन्न वडाका ४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ४८ वटा घरमा क्षति पुगेको छ। कास्कीको अन्य क्षेत्रमा घरहरु भत्कीका छन् भने दुई जनको मृत्यु भएको छ । अन्य क्षेत्रमा भत्किएका घरको विवरण आउन बाकी नै छ।