गोरखाको बरपाकमा पनि उद्धार जारी, घाइतेलाई पोखरा ल्याइयो


पोखरा, वैशाख १५ । गोरखाको बारपाक क्षेत्रमा पनि उद्धारको काम भइरहेको छ । भारतीय वायुसेनाको हेलिकप्टरबाट उद्धारको काम तीव्र पारिएको हो ।

भारतीय वायुसेनाका तीनओटा हेलिकप्टरमार्फत् घाइतेको उद्धार र राहत पु¥याउने काम भइरहेको हो । भारतीय वायुसेनाको हेलिकप्टरबाट गोरखाका काँसिगाउ, केरम्जा र गुम्दा, सौरपानी र सिम्लामा राहत सामग्री अवतरण गराइएकोछ ।

हेलिकप्टरले बारपाकबाट घाइतेको उद्धार गरेर पोखरा ल्याएको छ । घाइते मध्ये ३ बालबालिका, ३ महिला र ५ पुरुषलाई उपचारका लागि गन्डकी मेडिकल कलेज चरक अस्पतालमा भर्ना गरिएको छ ।

वारपाकमा उद्धार टोली पुगिसकेको र थप काम भैरहेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । 





प्रतिक्रिया दिनुहोस्...