महाभुकम्पमा परी मध्यमाञ्चलमा सबैभन्दा धेरैको मृत्य, यस्तो छ विवरण
काठमाडौं, बैशाख १५ । काठमाडौ लगायत बिभिन्न जिल्लामा महाभूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्नेक्रम जारी छ । हजारौ मानिसहरु वेपत्ता रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
काठमाडौंमा १०३९, ललितपुरमा १५८, भक्तपुरमा २४३ जनाको मृत्यु भएको पुष्टी भएको छ । भूकम्बाट सबैभन्दा वढी सिन्धुपाल्चोकमा ११७६, नुवाकोटमा ४७८, धादिङमा ३०३, रसुवा २५०, काभ्रेमा २४८, दोलखामा ५०, मकवानपुरमा ३३, रामेछापमा २४ , सिन्धुलीमा ९, धनुषामा १, सर्लाहीमा १ र चितवनमा ६ जनाको मृत्यु भएको छ । योसँगै मध्यमाञ्चलमा मृतकको संख्या २५८९ पुगेको छ भने २६९८ जना घाइते भएका छन् । यस्त,ै पश्चिमाञ्चलमा मृतकको संख्या २६४ पुगेको छ भने ३२१ जना घाइते छन् । गोरखामा २५६, कास्कीमा २ , नवलपरासीमा १ तनहुंमा १ लमजुङमा ४ जनाको मृत्यु भएको छ । यस्तै पुर्वाञ्चलमा मृतकको संख्या ५३ पुगेको छ भने घाइतेहरु २३० जना छन् । भोजपुरमा २ , सुनसरीमा ७, सोलुखुम्बुमा २२ , ओखलढुंगामा १७ , ताप्लेजुङमा १ , मोरङमा २ , सप्तरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । मध्यपश्चिममा मृतको संख्या २ छ भने २० जना घाइते भएका छन् । भूकम्पका कारण रोल्पामा १ र रुकुममा १ जनाको मृत्यु भएको जनाइएको छ ।
