रणवीरले भने-‘आउनुहोस्, हाम्रो छिमेकीको आँशु पुछौं”
बलिउडका कलाकार पनि अहिले नेपालीलाई सहयोग गर्नका लागि लागिपरेका छन् । बलिउडका चर्चित नायक रणवीर कपुरले युट्युबमा एक सन्देश दिदै नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले एक छिमेकी नै अर्को छिमेकीलाई आवश्यक पर्ने भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । स्टार नेटवर्क र केयर इन्डियाले सुरु गरेको सहयोग अभियानमा हातेमालो गर्न रणवीरले आग्रह गरेका हुन् । उनले भनेका छन्-‘आउनुहोस्, हाम्रो छिमेकीको आँशु पुछौ ।
’

