राहत लिएर सुटुक्क आयो ‘लुम्बिनी' एयरबस


नेपाल वायुसेवा निगमले ‘सगरमाथा' एयरबस निकै धुमधामले भित्र्याएको भए पनि ‘लुम्बिनी' एयरबस भने सुटुक्क भित्र्याएको छ। धुमधामले जहाज भित्र्याउने भनिए पनि, भूकम्पका कारण मुलुकको पीडा सेलाउन नपाएकाले निगमले नयाँ एयरबस सुटुक्क ल्याएको हो।

ए ३२० सिरिजको यो जहाज जर्मनीको ह्यामबर्गबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। १ सय ५८ सिट क्षमताको यो जहाज भित्रिएसँगै नेपाल वायु सेवा निगमका ४ वटा विमानले अन्तर्राष्ट्रिय उडान भर्ने छन्।

भूकम्पको पीडाका बेला नेपाल भित्रिएको जहाजले औषधि र चिकित्सकहरुको टोली समेत बोकेर ल्याएको छ। ३. ३ टन औषधिसहित ६ जना चिकित्सकहरु भूकम्पको पीडितको राहतका लागि नेपाल आएका हुन्।





प्रतिक्रिया दिनुहोस्...