नेपालका भूकम्प पीडितलार्इ करोडौं सहयोग गर्न लागेको झुटो समाचार बाहिरए आएपछि सलमानले -सहयोग गर्ने कुनै योजना नरहेको बताए


फोटो :एजेन्सी
काठमाडौं : बलिउडका अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलार्इ सहयोग गर्ने कुनै योजना नरहेको बताएका छन् ।

आफूले नेपालका भूकम्प पीडितलार्इ करोडौं सहयोग गर्न लागेको समाचार बाहिरए आएपछि सलमानले शनिबार सो स्पष्टिकरण दिएका हुन् ।

नेपालका भूकम्प पीडितलार्इ विइङ हुम्यान फाउन्डेसनले आर्थिक सहयोग गर्ने चर्चाको खण्डन गर्दै सलमानले आफ्नो फाउन्डेसनले तत्कालका लागि भारतमा मात्रै काम गरिरहेको बताएका हुन् ।

'नेपालका भूकम्प पीडितलार्इ विइङ हुम्यान फाउन्डेसनले सहयोग गर्ने कुरा झुठो हो', उनले फेसबुकमा भनेका छन्, 'बिइङ हुम्यान फाउन्डेसनले अहिले भारतका लागिमात्रै काम गरिरहेको छ ।'






प्रतिक्रिया दिनुहोस्...