संघीयतासहितको संविधान जारी नहुने भन्ने भ्रममा नपर्नुहोला : प्रधानमन्त्री


काठमाडौं, आषाढ २ । प्रधानमन्त्री सुशील कोइरालाले सबै दलको सहमतिबाटै संघीयतासहितको संविधान जारी हुने दाबी गरेका छन् ।

विभिन्न राजनीतिक दलसम्बद्ध महिला नेतृहरुको बुधबार बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले ‘केही दलले संघीयतासहितको संविधान जारी नहुने भनेर भ्रम फैलाएको’ आरोप लगाउँदै त्यस्तो भ्रममा नपर्नआग्रह गरे ।

उनले प्राप्त उपलब्धि संस्थागत गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पारे ।

प्रधानमन्त्री कोइरालाले राज्यका माथिल्ला निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि सरकार गम्भीर रहेको पनि बताए ।

उनले आगामी संविधानमा महिला अधिकार सुरक्षित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 





प्रतिक्रिया दिनुहोस्...