यस्ता छन् करिश्माले भूकम्प पीडितका लागि बनाएका घर


,काठमाडौँ ,असार ,२ । काठमाडौं । भारतकी माता साधवी ऋतम्भरासँगको सहयोगमा नायिका करिश्मा मानन्धरले भूकम्प पीडितका लागि घर निर्माण सुरु गरेकी छिन् । करिश्मा लगायतका कलाकारको समन्वयमा ऋतम्भराले आफ्नो धार्मिक संस्था ‘परमशक्तिपीठ नेपाल सेवा’ समितिका तर्फबाट राजधानीको धर्मस्थलीस्थित चौगाउँका पिडितहरुका लागि ७५ घर टहरा निर्माण गर्ने योजना बनाएको छ । करिश्माका अनुसार यी घर केबल टहरा मात्रै हैन । केही वर्ष बस्न मिल्छ । तर, बजारमा निर्माण सामग्रीको अभाव भएकाले निर्माण कार्यमा समेत ढिलाई भएको छ । अहिले सम्म २० घर मात्रै निर्माण सम्पन्न भएको छ । त्यसो त आफ्नो संस्थाले बनाएको घर हेर्नुको साथै आगामी सोमवार राजधानीमा ध्यान शिवीर गर्न ऋतम्भरा नेपाल आउदैछिन् । अहिले आफु सोही काममा सक्रिय भएको उनले बताईन् । परमशक्तिपीठ नेपाल सेवा समितिमा उद्योगपति राजेन्द्र खेतान संरक्षक छन् भने नायिका मानन्धर सह-संयोजक छिन् । उनका पति विनोद मानन्धर सदस्य छन् ।





प्रतिक्रिया दिनुहोस्...