सरकारले नै यसरी खुलम खुला सेक्स टोयको व्यापार गरे


व्यापारीहरुले कर तिर्न सकेनन् भनेर सरकारले नै यौन खेलौना व्यापारीका सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गर्यो भने के होला ? साँच्ची सुन्दैमा अनौठो लाग्छ । हुँदै नहुने कुरा जस्तो लाग्छ । तर अमेरिकाको कन्सासमा सरकारले यौन खेलौनाका व्यापारीहरुबाट यौन खेलौना जफत गरेर बिक्रि सुरु गरेको छ । 
समाचार अनुसार कन्सास राज्य सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यका साथ सेक्स टोयको अनलाइन बिक्रि सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको थियो । 
युनाइटेड आउटलेट एलएलसीले बांग नामबाट संचालन गरेका ती यौनखेलौना भण्डारहरुलाई बिक्रि तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो । त्यसरी जफत गरिएका पसलहरुमध्ये दुइवटा टोपेकामा तथा जंकसन, विचिटा र कन्सास सिटीमा एक एक वटा थिए । जफत गरिएको सेक्स टोयहरु पुनः ती पसलहरुलाई फिर्ता गरिएको छ ता की अब ती यौनखेलौनाको लिलामीबाट प्राप्त रकम तत्कालै सरकारलाई बुझाइनेछ । 

रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खुबै खिसिट्युरी गरेको छ । विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकनको यस्तो कमदको आलोचना गर्दै भनेका छन्, ‘रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम छ र अहिले पोर्न व्यवसायमा लागेको छ ।’





प्रतिक्रिया दिनुहोस्...