सेल्फीको आधारमा आइएस लडाकूको मूख्य अखडामा अमेरिकी सेनालेआक्रमण


जेठ २४ , नयाँ नयाँ सुविधायुक्त र क्यामेर भएका स्मार्ट फोन आएसँगै मानिसमा सेल्फीको क्रेज बढेको छ । तर सेल्फी लिने सौख कसैका लागि काल पनि बन्दो रहेछ । सेल्फीकै कारणमा मानिस जेलसम्म पुगेका छन् ।
मध्यपुर्वी देशहरु इराक र सिरियामा आतंक मच्चाइरहेको आइएस लडाकूले एउटा सेल्फीकै कारण आपत झेल्नुमात्रै परेन आफ्नो मुख्य अखडा नै गुमाउनुपर्यो ।
आइएस लडाकूका एक सदस्यले हतियार भिरेको सेल्फी सामाजिक सञ्जालमा पोस्ट् गरेपछि उनीहरुलार्इ आपत आइ लागेको हो । एउटै सेल्फी देखेपछि त्यसैका आधारमा अमेरिकी सेनाले आइएस लुकेको जग्गा पत्ता लगाएर शुक्रबार र शनिबार उनीहरुको अखडामा बमबारी गरी ध्वस्त बनाइदिएको छ ।
1Capture 
सेल्फीका आधारमा आइएस लडाकूको मूख्य अखडा पहिचान गरेपछि अमेरिकी सेना आक्रमणमा उत्रेको थियो ।
सेल्फीका सौखिन आइएसका एक सदस्यले आतंक मच्चाइरहन आधुनिक हतियार बोकेको सेल्फी सामाजिक सञ्जालमा अपलोड गरे । त्यही सेल्फीको सहयोगमा अमेरिकी सेनाले स्थान पत्ता लगार्इ २४ घन्टाभित्रे सो स्थानलार्इ बमले उडाएको हो ।
अमेरिकी सेनाका कमाण्डर हक कारलाइलले बताए अनुसार फ्लोरिडामा रहेको अमेरिकी सेनाको प्राविधिक टोलीले सामाजिक सञ्जालमा आइएसबारे सूचना जुटाइरहेको थियो ।
उनीहरुलार्इ इराकको एक स्थानमा आइएस लडाकू बसिरहेको तस्बिर प्राप्त भयो । सो स्थानको पहिचान आइएसको कमाण्ड र कन्ट्रोल सेन्टरको रुपमा भएको थियो ।
आइएसले सामाजिक सञ्जालका मद्धतमा आइएसले संसारभर आफ्नो आतंकको प्रभाव देखाइरहेका छन् । सेल्फीकै मद्धतले आइएसले संसारभरका युवाहरुलार्इ बहकाएर जेहादको नाममा आतंककारी बनाउँदै आएका छन् । एजेन्सी






प्रतिक्रिया दिनुहोस्...