दुई श्रीमति भएका गोर्खाली अविवाहित छु भन्दै बेलायती महिलासंग विहे गरेपछि


लण्डन, १ असार – एकजना बेलायती महिलाले नेपालमा दुई श्रीमति भएका एक भूतपूर्व गोर्खाले आफुलाई अविवाहित छु भन्दै झुक्याएर बिहे गरेको आरोप सार्वजनिक गरेकी छन । बेलायती अखबार मिररमा प्रकाशित समाचार अनुसार विवाह गरेको दश वर्षपछि मात्रै उनले आफनो श्रीमानले आफुसंग बिहे गर्नुअघि नै दुई वटा श्रमितिसंग बिहे गरिसकेको तथ्य पत्ता लगाएको दाबी गरेकी छन । ५१ वर्षिय बेलायती महिला अमाण्डाले दाबी गरेअनुसार उनी सन २००४ मा गोर्खा बाबुराम राईसंग विवाहबन्धनमा बांधिएकी थिइन । सन १९९५ मा पहिलोपटक भेटेका उनीहरुको केहि वर्षको प्रेमसमबन्धपछि बिहे भएको थियो । साउथ वेल्सको न्यपोर्टकी अमाण्डाले पति राईले इमेलमा आफुलाई बेलायती श्रीमतिबाट दिक्क लागिसकेको र नया नेपाली युवति चाहिएको भन्ने सन्देश लेखेको देखेपछि उनीमाथि शंका सुरु गरेको बताइन । त्यसपछि पतिको फेसबुक खोलेर हेर्दा उनले नेपालकी आफनी एक श्रमितिलाई सम्बन्धविच्छेदका लागि फकाउन उनका दाईलाई सन्देश पठाएको भेटाइन । विहेको एक दशकभनदा लामो समयपछि आफनो पतिको विगतबारे थाहा पाउंदा उनले ‘छांगाबाट खसेझैं ‘ भए भनेकी छन । बाबुराम राई – सबै सन्देशहरु पढिसकेपछि पनि ४६ वर्षिय राईले आफनो नेपालमा बिहे नभएको ढिपी कसिरहेको तर पछि पछि उनी कार्यरत सेनालाई सोधेपछि नेपालमा उनको दुई विवाह भइसकेको प्रमाण फेला परेको अमाण्डाको भनाइ छ । सेनामा दुवै विवाहको रेकर्ड छ तर सम्बन्धविच्छेद भने नभएको नदेखिएको छ । अमाण्डाका अनुसार उनीहरुको विहेको केहि समयपछि राईले आफनो छोरा भन्दै उक सात वर्षे बालकलाई घरमा ल्याएका थिए । तर त्यतिबेला पनि आफनो बिहे नभएको भन्दै उनले सत्यता लुकाएका थिए । अमाण्डाले नै हुर्काएका राईका छोरा अहिले बाबुसंगै बस्ने गरेका छन । अमाण्डा – रहस्यको पर्दा खुलेपछि गत वर्षदेखि राई र अमाण्डा अलग बसिरहेको र उनीहरुबीचको विवाह खारेज गर्नका लागि अमाण्डाले आवेदन गरेको मिररले लेखेको छ । सन २००४ मा बेलायती सेनाबाट अवकाश लिएका राई अहिले न्युपोर्टमा लरी ड्राइभरको काम गर्दै आएको बताइएको छ । एजेन्सी




प्रतिक्रिया दिनुहोस्...