भूकम्पको मौका छोपी घर फोर्ने र ल्यापटप चोर्ने पक्राउ


chor laptop (1)
काठमाडौं, असार १– भूकम्प गएको बेला घरमा कोही नभएको मौका छोपी चोरी कार्यमा संलग्न भएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख १२ गतेको भूकम्प गएसँगै सर्वसाधारणहरु त्रिपालमूनि बसेको मौका छोपी गर–गहना,एलईडि टिभी र ल्यापटप चोरी गर्नेहरुलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा काभ्रे भिमखोरी स्थायी घर भएका राम बहादुर लामा,दोलखाका सुमन थापा, नुवाकोटका तेज बहादुर मगर र सिन्धुलीका जिवन श्रेष्ठ लगायत रहेका छन् । पक्राउ परेकाहरु लामो समयदेखि राजधानीमा बसेर चोरी कार्यमा संलग्न हुँदै आएका थिए ।
chor laptop (2)
त्यस्तै बसुन्धराको चेल्सि एजुकेशन सेन्टरबाट ३७ थान ल्यापटप चोरी गरेर फरार रहेका नुवाकोटका कुमार थापा भनिने तेज बाहदुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अमेरिकी नागरीक माईकल जे हेसले संचालन गर्दै आएको चेल्सी एजुकेशन सेन्टरमा निज तेज बहादुरकी श्रीमती कार्यरत थिईन् ।
धापासी बस्दै आएका मगरले श्रीमती बिदामा बसेको बेला उनको साथमा रहेको साँचो लगेर ल्यापटप निकालेको प्रहरीले जनाएको छ । ठूलो परिणाममा ल्यापटप चोरी गरेपछी मगरले ट्याक्सिमा हालेर सो ल्यापटप शान्तिनगर पुर्याएका थिए ।
चेल्सी एजुकेशन सेन्टरमा १४० जना अनाथ बालवालिकाहरु अध्ययनरत छन् ।






प्रतिक्रिया दिनुहोस्...