च्याउ खाँदा एकै परिवारका ४ सिकिस्त
खाना खाए लगत्तै उनीहरुमा मुखबाट रगत बग्ने, रिंगटा लाग्ने र बेहोस् हुने जस्ता लक्षण देखिएको थियो । विरामीहरुको साल्धारा गाविसको स्वास्थ्य चौकीका अहेब सुरेन्द्र शाहले उपचार गरिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. राजेन्द्र साहले फलामेटार गाविसमा रहेको स्वास्थ्य चौकीलाई पनि प्रभावित क्षेत्रमा पुगेर उपचार गर्न निर्देशन दिइएको बताए । ‘हामीले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘अवस्था क्रमशः सामान्य तर्फ गइरहेको छ ।’
स्थानीयले भने अवस्था सामान्य अझै नभएको भन्दै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान माग गर्दै आएका छन् ।
दुर्गम क्षेत्र भएकाले डाँडापारीका बासिन्दा राम्रो उपचारबाट बन्चित छन् । सो क्षेत्रमा पर्ने ९ मध्ये अधिकांश गाविसमा सडक सुविधासमेत पुग्न सकेको छैन ।
प्रकाश सुन्दासबाट
प्रकाश सुन्दासबाट
