नेपाल प्रहरीमा जवानमा भर्ना खुल्यो


१ असार, काठमाडौं । नेपाल प्रहरीमा जवान पदमा भर्ना खुलेको छ । विभिन्न कारणले रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न मंगलबार आवेदन माग गरिएको छ ।
Police-Varna
खुल्ला, अमर असक्त प्रहरी परिवार, समावेशी समूह समेत गरी जम्मा ३ सय ४२ पदको लागि दरखास्त आव्हन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार असार ६ गतेबाट साउन चार गतेसम्म आवेदन दिन सकिनेछ ।
विराटनगर, भरतपुर, बुटवल, नेपालगञ्ज र दिपालयमा रहेको तालिम केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरमा रहेकेा महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिनेछ ।






प्रतिक्रिया दिनुहोस्...