दोलखामा फेरी भूकम्पको धक्का महसुस



डिसीनेपाल डटकम संवाददाता - बैशाख १२ गते गएको महाभूकम्प पछिको पराकम्पन अहिलेसम्म जारी नै छ ।


मंगलबार राती ९ बजेर ५६ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसै गरी सोमबार सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर एउटा पराकम्पन गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिको ३१६ वटा भूकम्पको धक्का महशुस गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्...