नगद लुटेर भाग्दै गर्दा धनबहादुर समातिए


chor१ असार, काठमाडौं । काठमाडौं हलचोकमा झण्डै एक लाख रुपैयाँ लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कपन बस्ने रसुवा डाँडागाँउ-५ का ३६ वर्षीय धनबहादुर लामालाई नगद ९६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं गोंगबु बस्ने वर्दिया खैरापुर नगरपालिका-२ का ३४ वर्षीय मानसिंह सुनारले प्रभू मनि ट्रान्फरबाट नगद ९६ हजार रुपैयाँ निकालेर र्फकने क्रममा नगद लुटिएको थियो ।
बुद्धपार्क नजिकै पुग्दा ३ जनाको समूहले पकेट रुमालभित्र पत्रिकाको टुक्रा राखेर डलर साटीदिन्छु भन्दै रकम लुटी भाग्दै गर्दा प्रहरीले लामालाई नगदसहित पक्राउ गरेको हो ।
२ जना लुटेरा फरार रहेका छन् । फरारमध्ये १ जना रसुवा डाँडागाँउ-५ बस्ने ३५ वर्षीय लालबहादुर मगर हुन्छ । दुबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...