यी हुन् जनताको राहत बेच्ने सभासद्
यसरी जनताका लागि आएको राहत चोर्ने अर्का सभासद् सिन्धुपाल्चोक क्षेत्र नं. १ का मोहन बस्नेत पनि हुन् । स्थानीय प्रशासनले समेत बस्नेतको गतिविधिबाट हैरानी बेहोरेको छ । बुढानिलकण्ठका पूर्वविद्यार्थीहरुको संस्था सेब्सले सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि बााड्न लगेको सामग्री लुटेर बस्नेतले कहाँ लगे भन्ने कसैलाई थाहा छैन । भूकम्पले सबैभन्दा बढी तहसनहस पारेका २ का सभासद् अग्नी सापकोटा र ३ नम्बरका शेरबहादुर तामाङ पीडितकै बस्तीमा छन् । तर, बस्नेत भने आफ्नो क्षेत्रमा व्यक्ति या संघ संस्थाले लगेका राहत समेत लुटपाट गर्न सक्रिय भएपछि अरु दलले उनलाई लखेट्ने योजना बनाएका छन् ।
राहत सामग्री गायब पार्ने सभासद्को लिष्टमा ललितपुर १ का उदय शमशेर राणा पनि परेका छन् । उदयशमशेर राणाले भारतीय दूतावासबाट ठूलो मात्रामा त्रिपाल र कम्बल लिएको तर भूकम्पपीडित जनताले नपाएको कांग्रेसकै नेताहरु मथुरा घिमिरे, मीनकृष्ण महर्जनहरुले लगाएका छन् । दूताबासबाट लिएको त्रिपाल अन्तै बेचेर राणाले एनजिओमार्फत राहत बाँडेको पाइएको छ । राणाकी श्रीमती भारतीय दूतावासमा काम गर्छिन्, आजको साँघु साप्ताहिकमा खबर छ ।