प्रधानमन्त्री उद्धार कोषलाई ख्रीष्टियान महासंघद्वारा २५ लाख ७ हजार ३५० रुपैयाँ सहयोग


maha sanga
कुमारसिंह विष्ट :
२४ जेठ ०७२, काठमाडौं । राष्ट्रिय ख्रीष्टियान महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राहत स्वरुप २५ लाख ७ हजार ३५० रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ ।
महासंघका महासचिव सी.वि. गहतराजको नेतृत्वमा आज विहान महासंघको एक समूह प्रधानमन्त्री निवास वालुवाटारमा गई प्रधानमन्त्री कोइरालालाई भेटि उक्त रकम हस्तान्तरण गरेको हो । प्रधानमन्त्री कोइरालालाई महासंघका अध्यक्ष डा.सुन्दर थापाले महासंघका पदाधिकारीहरुको विच सो चेक हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीलाई महासचिव गहतराजले राष्ट्रको यो विपतको  समयमा नेपाली इसाई समुदायले सक्दो सहयोग गर्न तयार भएको बताउनु भयो । महासंघको बैंक चेक वुझि सकेपछि प्रधानमन्त्री कोइरालाले महासंघलाई धन्यवाद ज्ञापन गर्दै राहतस्वरुप प्राप्त भएको रकम पीडितसमक्ष पुर्याउने  प्रतिवद्ध गर्नुभयो । उहाँले राहतको रकम हिनामिना हुन नदिने बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्...