राहतको रकमले डिस्को गएपछि चलचित्र क्षेत्रमा हङ्गामा


काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा दर्शना आर्टस्का कर्मचारी सुरेशदर्पण पोखरेलले आफ्ना संघका सदस्य दीप विमलीलाई गालीगलौज गरेको भन्दै चलचित्र पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आफूलाई पोखरेलले गाली गरेको भन्दै विमलीले संघको कार्यालयमा निवेदन दिएपछि संघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । संघका अनुसार विमलीले फेसबुकमा ‘विदेशबाट पवित्र मनले भूकम्पपीडितको नाममा पठाएको पैसाले तिमीहरू डिस्को गयौ थुक्क, देखियो तिमीहरूको समाजसेवा । कलाकारको नाममा कलंक’ लेखेर पोस्ट गरेपछि पोखरेलले विमलीलाई गालीगलौज गरेका थिए । संघका महासचिव सन्दिप सापकोटाद्वारा जारि विज्ञप्तिमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस किसिमको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘समग्र चलचित्रकर्मीलाई सञ्चारकर्मी एवं सञ्चार क्षेत्रप्रति सम्मान प्रकट गर्न आग्रह गर्दै पोखरेललाई सचेत गराउँछ । आगामी दिनमा समग्र चलचित्रकर्मी र सञ्चारकर्मीबीच सौहाद्रपूर्ण वातावरण बनोस् र समग्र चलचित्र पत्रकारिताको विकासमा सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा संघले सदैव गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । (सौस)




प्रतिक्रिया दिनुहोस्...