दुई ओटा टिपर ट्रकः नम्बर एउटै


काठमाडौं, जेठ २२– ट्राफिक प्रहरीले एउटै नम्बर प्लेट भएका दूईवटा टिपर ट्रक नियन्त्रणमा लिएको छ । उक्त टिपरहरूलार्इ आवश्यक कानुनी कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय, वाग्मतीमा पठाइएको ट्राफिक प्रहरी महाशाखा का प्रहरी नायब उपरीक्षक , राजेन्द्र पोखरेलले जानकारी दिए । बा २ ख ६११४ नम्बरको सो टिपर ट्रक नियन्त्रणमा लिएको जानकारी दिँदै उनले नक्कली नम्बर भएको टिपरमाथि आवश्यक कारबाही अघि बढाइएको उनले जानकारी दिए ।


 सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० (१) मा भएको व्यवस्थाअनुसार दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले छ महीनासम्म कैद वा पाँचहजारदेखि पन्ध्रहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्नेसम्मको व्यवस्था छ । यस्तै महाशाखाका अनुसार विभिन्न ट्राफिक गल्तीहरूमा यस महिनामा ११६४८ जना चालकहरू कार्वाहीमा परेका छन । यस्ता कार्वाहीमा मापसे,लेन अनुसासन,तिव्रगति,प्रेसर हर्न वजाउने समेत रहेका छन । जेठ महिनामा मात्र मापसे गरी सवारी चलाएका १७०६ जना चालकहरूलाइ कार्वाही भएको छ भने लेन अनुसासनको कार्वाहीमा १६५ जना कार्वाहीमा परेका छन ।




प्रतिक्रिया दिनुहोस्...